‘झिँगेदाउ’ को कमाई २ करोड माथि

385 shares

काठमाडौँ । दोश्रो हप्तासम्म आइपुग्दा चलचित्र झिँगेदाउले राम्रो व्यापार गरेको छ । प्रदर्शनमा आइसकेपछि सकरात्मक प्रतिक्रिया पाएको फिल्मले सुखद् व्यापार गर्न सफल भएको छ ।

पछिल्लो समय नेपाली चलचित्रको व्यापारमा खडेरी लागेको छ । यहि वर्ष प्रदर्शनमा आएको कबड्डिको अन्तिम सिरिज बाहेकले हलमा दर्शक टिकाउन सकेनन् । प्रदिप खड्काको चलचित्र प्रकाशले राम्रो प्रतिक्रिया पाए पनि प्रशस्त मात्रामा शो नपाउँदा त्यति राम्रो कमाइ गर्न सकेन । त्यसपछि आएको झिँगेदाउले अलिकति राहत महसुश गराएको छ ।

पहिलो साता औसत कमाई गरेको फिल्मले दोश्रो साता राम्रै कमाइ गरेको छ । फिल्मले २ करोड माथिको व्यापार गरेको निर्माण पक्षले दावि गरेको छ ।

प्रदीप भारद्धाजको लेखेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट मुख्य भूमिकामा छन् ।

385 shares