‘द पोइट आइडल’ हुने

546 shares

काठमाडौँ । कवि बन्न चाहने प्रतिभाहरुका लागि द पोइट आइडल हुने भएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गामबेसीका कवि क्षेत्र प्रताप अधिकारीको स्मृतिमा रियालिटी शो गर्ने घोषणा गरिएको हो ।

पछिल्लो समय नेपालमा गायन, नृत्य, कमेडि लगायतका विधामा रियालिटी शो हरु बनिराखेका छन् । तर, कविहरुका लागि भने पहिलो रियालिटी शो बन्नेछ द पोइट आइडल ।

प्रतियोगितामा भाग लिनका लागि प्रतियोगिले आँफैले वाचन गरेको दुई मिनेटसम्मको भिडियो इमेल, ह्वाट्सएप, भाइबर र फेसबुकमार्फत पठाउन सक्नेछन् ।

प्रतियोगिताको निर्णायकमा विप्लव प्रतिक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त रहेका छन् । शो लाई अमन प्रताप अधिकारीले निर्देशन गर्नेछन् ।

546 shares