श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड

322 shares

काठमाडौँ । श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड भएको छ । सोमबार कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापीटलले शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले १५ भदौदेखि ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । निष्काशित शेयर मध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४ सय ७० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको थियो ।

गोलाप्रथाद्वारा वितरण गरिएको आईपीओ भाग्यमानी ३६ हजार ८ सय ५९ जना लगानीकर्ताले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

आइपीओ रिजल्ट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।

322 shares