राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षकले दिए राजीनामा

357 shares
ishwor movie

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन् ।

उनी गत कात्तिकमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए ।

357 shares