डा. केसीले आजदेखि अनशन बस्ने

259 shares

काठमाडौं । डा.गोविन्द केसीले आजदेखि अनशन सुरु गर्ने भएका छन् । डा. केसीले ६ बुँदे माग अघि सार्दै सरकारलाई आजैसम्मको अल्टिमेटम दिएका थिए । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी २० औं अनशन सुरू गर्न धनगढी हिँडेका हुन् ।

प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने, चिकित्सा शिक्षामा भएका अनियमितता रोकिनुपर्नेलगायतका माग सहित डा. केसीले अनशन शुरु गरेका हुन ।

त्यस्तै केसीले सरकारी निर्देशन र अदालतको आदेश नमान्ने कलेजलाई खारेज गर्नुपर्ने तथा सबै निजी कलेजहरुको शुल्क समान हुनुपर्ने लगायतका माग राखेका छन । उनी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्नेछन् । स्थान भने खुलाइएको छैन ।

मागहरु जस्तको त्यस्तै
१० तत्काल माथेमा प्रतिवेदन अनुरुप हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरियोस् । १२० चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न निम्न काम गरियोस् ।

१.आइओएममा तत्काल डिनको सिफारिश सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरियोस्।

२.आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरियोस्।

३.सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरियोस्।

४. चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गरियोस् ।

५.एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरियोस्।

६.आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरियोस् ।

259 shares