हत्यामा संलग्न आरोपी २ वर्षपछि पक्राउ
वि.सं.२०७९ भदौ २७ सोमवार ०९:१६
1.52K
shares

रौतहटमा पुजारीको हत्यामा संलग्न भएको आरोप लागेका एक अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।
माधव नारायण–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको हत्यामा संलग्न भई फरार रहेका अभियुक्त देवाही गोनाही नगरपालिका–१ करुणिया घर भएका शेख बिकाउलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
२०७७ भदौ ३ गते पुजारी साहको हत्यामा संलग्न भई उनी फरार रहेका थिए। आपसी विवादमा उनले पुजारी साहलाई कन्चटमा गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हत्यापछि लुकिछिपी बस्दै आएका आरोपीलाई आफ्नो घर आएको मौकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ भदौ २७ सोमवार ०९:१६
1.52K
shares





