१० निर्माण कम्पनी कालोसुचीमा

406 shares

काठमाडौं । काम अलपत्र पार्ने १० वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले आज एक सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको हो ।

कालोसूचीमा पर्नेमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी प्रालि र किसन रक्तकाली पावर क्वालिटी जेभि, रोज कन्स्ट्रक्सन लगायत रहेका छन् ।

विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम मन्त्रीपरिषद् कार्यालयको २०७९ भदौ २६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम डेढ वर्षसम्मका लागि कालो सुचीमा राखेको कार्यालयले जनाएको छ ।

406 shares