सहकारीलाई काठमाडौं महानगरको ताकेता

308 shares

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्ररहेका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर, सभाबाट पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र सभाले पारित गरेको प्रतिवेदन १५ दिनभित्र महानगरमा बुझाउन ताकेता गरेको छ ।

सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।

महानगरपालिकाले सहकारी ऐन, २०७४ को दफा ३१(२) सहकारी ऐन, २०७४ को दफा २८(२) एवं दफा १०४ बमोजिम सहकारीलाई साधारणसभाबाट पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

308 shares