एकैदिनमा २०३ जनामा कोरोना पुष्टि

273 shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । हाल देशभर कोरोन भाइरसको सक्रिय संक्रमितको संख्या २२३२ रहेको छ ।

273 shares