झिंगेदाउँको टोलीद्वारा असायलाई भोजन

413 shares
ishwor movie

काठमाडौं । चलचित्र झिंगेदाउँ दोस्रो हप्तामा लागेको र सन्तोषजनक व्यापार भईरहेको अवस्थामा चलचित्र टोलीले अनाथ तथा असायहरुलाई भोजन गराएको छ । काठमाडौंको गोगबुं–बसपार्कमा क्षेत्रमा टोलीले भोजन गराएको हो ।

कोरोना महामारीको समयदेखि दुईछाक टार्न गाह्रो भएकाहरुलाई जय महाकाल यूवा समूहले बिहान, साँझ भोजन गराउँदै छ । यूवा समूहको कार्यमा एक्येबद्धता जनाउँदै भोजन गराएको चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । सो अवसरमा नायिक आँचल शर्मा, नायक कुशल बिष्ट लगाएतको पनि उपस्थित रहेको थियो ।

चलचित्र ‘झिङ्गेदाउ’ प्रदर्शनको दोेस्रो हप्तामा लागेको छ । पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे सामाजिक विषयवस्तुलाई समावेश गरिएको चलचित्र देशका एक सय बढी हलमा प्रदर्शनमा छ । चलचित्रले दुई करोड भन्दा बढीको व्यापार गरिसकेको निर्देशक देउजा बताउँछन् ।

वरिष्ठ छायाँकार विष्णु घिमिरे ‘कल्पित’ले छायाङ्कन गरेको चलचित्रमा नायिका केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँमाला गौतम, प्रतीक्षा शाह चन्दलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्म क्रू नेपाल र कपनगढी सिनेमा प्रालिको संयुक्त लगानीमा उक्त चलचित्र करिब चार वर्षको समयावधि तथा दुई करोडको लागतमा निर्माण भएको हो । चलचित्र देशभरका सय बढी हलमा प्रदर्शन छ ।।

413 shares