आज पनि सडकहरुमा सवारी आवागमन प्रभावित

175 shares

काठमाडौं । आज पनि काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।

यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोध समेत गरेको छ ।

175 shares