भीमेश्वर नगरपालिकाले मापदण्ड विपरितका संरचना हटाउने

385 shares

दोलखा । भीमेश्वर नगरपालिकाले मापदण्ड विपरित निर्माण गरिएका संरचना हटाउने भएको छ । नगरपालिकाले शहरी सौन्दर्य प्रतिकुल हुनेगरी निर्माण गरिएका संरचना हटाउने भएको हो ।

सडक किनारमा रहेका कवाडी सामग्री, वेवारिसे गाडिहरु, सडकमा गरिने सवारी मर्मतका वर्कसप, फुटपाथ पसल, होर्डिङ बोर्ड लगायतका संरचना हटाउन नगरले सुचना जारी गरेको छ । सुचनाको वेवास्ता गरेमा नगर प्रहरी लगाएर हटाउने चेतावनी नगरपालिकाले सुचना मार्फत दिएको छ ।

385 shares