डेंगुका बिरामीले १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन बालेनको आग्रह

728 shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताए ।

मेयर शाहले डेङ्गु फैलिरहेको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता छ र त्यसको लागि महानगरपालिकाले आवश्यक कदम उठाएको बताएका छन् ।

उनले डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । उनले संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने व्यवस्था पनि गरेका छन् । यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीक रुपमा नै सक्रिय भएर लाग्न मेयर बालेनले नगरबासिहरुलाई अपिल समेत गरेका छन् ।

मेयर शाहले पहिलेदेखि भइरहेका रोकथामका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्ने पनि बताएका छन् ।

728 shares