आफ्नै आमाको हत्याको आरोपमा पक्राउ

245 shares

काठमाडौं । हत्याको आरोपमा एक यूवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वे रहेका छन् । उनलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

245 shares