बाबुले २० वर्षपछि ल्याए ‘सान्नानी’ को रिमेक भर्सन

210 shares

काठमाडौँ । गायक तथा नायक बाबु बोगटिले सुपरहिट गीत सान्नानीको रिमेक भर्सन बजारमा ल्याएका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरि गीतको रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।

सान्नानी बाबुको सांगितिक करियरको सुपरहिट गीत हो । लामो समय रंगिन दुनिँयाबाट अलिक पर बसेका बाबु परे सान्नानीको रिमेक मार्फत बजारमा आएका छन् । रिमेक भर्सनमा लौरीलाई लौरो बनाइएको छ । अन्यथा गीतको सबै शब्दहरु उहि छन् । नयाँ पुस्ताले पनि यो गीत सुनुन्् भन्ने हेतुले रिमेक गरेको बाबुले बताएका छन् ।

रिमेकममा बाबुको साथमा, पुष्प खड्का, प्रिज्मा, प्रिन्सि र नन्दिता केसिले ठुम्का लगाएका छन् । साथै सान्नानी २ चाडै सार्वजनिक गर्ने बाबुले बताए ।

210 shares