अमेरिकामा कोरोना महामारी समाप्त भएको बाइडेनको घोषणा, तर दैनिक ४ सयको जनाको मृत्यु

854 shares

अन्तराष्ट्रिय । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । बाइडेनले भने, “हामी अझै समस्यामा छौं, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।“ राष्ट्रपति जो बाइडेनले अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै “धेरै काम“ गरिरहेको बताएका छन् । अगस्टमा अमेरिकाले कोरोना महामारीका कारण जनवरी २०२० मा लागू गरिएको स्वास्थ्य आपतकाललाई अक्टोबर १३ सम्म लम्ब्याएको थियो।

दैनिक ४०० भन्दा बढीको मृत्यु
कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा १० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार दैनिक औसत ४०० भन्दा बढीको मृत्यु भईरहेको छ । गत साता कोरोनाका कारण तीन हजारभन्दा बढीको मृत्यु भएको थियो ।

यसको तुलनामा जनवरी २०२१ मा कोभिडका कारण एक हप्तामा २३ हजारभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकी जनसंख्याको ६५ प्रतिशत पूर्ण रूपमा खोप लगाइएको छ।

हालैका दिनमा विश्व कोरोना महामारीबाट निको हुनेमा केही आशा देखिए पनि मानिसहरूले सावधानी अपनाउनु पर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्।

अमेरिकाका शीर्ष स्वास्थ्य विज्ञ डा एन्थोनी फाउचीले सोमबार भनेका छन्, – ’स्थितिमा सुधार भइरहेको छ तर दैनिक मृत्युको दर ’धेरै उच्च’ छ।’

डा . फाउचीले भने, ’हामी जहाँ हुनु पर्ने थियो त्यो छैन। हामीले भाइरससँग जिउने बानी बसाल्नु पर्छ।’ उनले विशेषगरी आगामी हिउँदमा कोरोनाका नयाँ भेरियन्ट आउन सक्ने चिन्ता पनि व्यक्त गरे ।

854 shares