जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्च अगाडी सुरक्षा व्यवस्था कडा
वि.सं.२०७९ असोज ४ मंगलवार ०६:०८
काठमाण्डौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचनाको आधारमा सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचना पाएपछि प्रहरी परिचालन गरिएको छ ।
गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप अभियाननै चलाएको थियो ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जिबराले सर्वोच्च अदालत गएर कार्यभार सम्हाल्ने भन्दै सूचना पठाएपछि उनीमाथि पनि सरकारले कडा नजर राखेको थियो । सरकारले सुरक्षाकर्मी परिचालन गरेर बालुवाटारस्थित निवासबाट बाहिर निस्किन समेत दिएको थिएन ।
सर्वोच्चका न्यायाधीश, नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले जबराको निलम्बित अवस्थामा नै न्यायालयको नेतृत्व सम्हाल्ने भनेको लाजमर्दो कुरा हो, कानुनी राज्यमा यस्तो हुनु हँदैन भन्दै विरोध गरिरहेका छन् ।
वि.सं.२०७९ असोज ४ मंगलवार ०६:०८