डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुग्यो

455 shares

ढाका । बंगलादेशमा हिन्दु तीर्थयात्रीहरू बोकेको डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । बंगलादेश प्रहरीका अनुसार दुर्घटनामा अझै केही वेपत्ता भएको जनाएको छ ।

तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेको थियो । अग्नि नियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

डुंगामा १०० जना यात्रु रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

455 shares