समाजसेवी डिल्लिध्वज बराइली एमालेबाट प्रदेश सभामा सिफारिस

728 shares

दोलखा । नेकपा एमाले दोलखाले समाजसेवी डिल्लिध्वज बराइलिलाइ प्रदेश सभामा सिफारिस गरेको छ । पार्टिको जिल्ला कमिटिले बराइलिलाइ प्रदेश सभामा समानुपातिक तर्फ प्रदेश सभा सदस्यको लागि सिफारिस गरेको हो ।

बराइली लामो समयदेखि एमाले निकटको जातिय मुक्ति समाजको विभिन्न तहमा रहेर काम गरिसकेका नेता हुन । हाल जातीय मुक्ति समाजको केन्द्रिय स्थायी कमिटी सदस्य तथा आर्थिक बिभाग उप प्रमुखको रुपमा कार्यरत छन ।

राजनीतिको अलवा सामाजिक कार्यमा पनि उनी उत्तिकै सक्रिय छन । दोलखाको विभिन्न भु भागमा बिपद पर्दा सहयोग लियर पुगिहाल्छन । गौरीशंकर गाउपालिकामा उनकै नेतृत्वमा गौरीशंकर बिपद ब्यबस्थापन समिति गठन गरियको छ । उक्त समिती मार्फत पनि आर्थिक रुपमा कमजोर ब्यक्तिहरुलाइ सामुहिक रुपमा र ब्यक्तिगत रुपमा सहयोग गर्ने काम गरिरहेका छन ।

केही समय अगाडि देशको विभिन्न भु भागमा उनकै अगुवाई एम्बुलेन्स पनि बितरण गरिएको थियो ।

728 shares