विष्णु पौडेलको जीत सुनिस्चित, गठबन्धनको उम्मेदवारको उम्मेदवारी रद्द

1.35K shares

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चुनाव जीत्नको लागि सहज भएको छ । रुपन्देहीको प्रतिनिधिसभा तर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका पौडेललाई जीतको लागि सहज भएको हो ।

निर्वाचन आयोगले सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका राजुु गुरुङको उम्मेदवारी रद्द गरिदिएपछि पौडेललाई सहजता देखिएको हो । साथै आयोगले अर्का स्वतन्त्र उम्मेदवार डा. हिमाल कमल भुसाल (निकोलस) र हिमाल बस्यालको उम्मेदवारी खारेज गरिदिएको छ ।

आयोगले जारी गरेको सुचनामा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निज उम्मेदवारहरुको मनोनयन खारेज गरिएको उल्लेख छ ।

1.35K shares