सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

399 shares
ishwor movie

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा जोशीको उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका साथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।

399 shares