दुई पूर्व मन्त्रीको नेतृत्वमा दोलखा एमालेको ‘हाईकमाण्ड’

350 shares
ishwor movie

दोलखा । नेकपा एमाले दोलखाले जिल्लामा निर्वाचन परिचालनका लागि दुई पूर्वमन्त्री तथा पोलिटब्यूरो को नेतृत्वमा ६ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको पार्टीको जिल्ला कमिटीको बैठकले विभिन्न निर्णयहरु गर्दै हाइकमाण्ड निर्माण गरेको हो ।

कमिटीमा पोलिटब्यूरो सदस्यद्वय पोखरेल र गुरुङसहित केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष तथा प्रदेश क का उम्मेद्वार श्रेष्ठ, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटी तथा प्रदेश ख का उम्मेदवार भरतबहादुर केसी रहेका छन् ।

निर्वाचन परिचालन विकेन्द्रीत गर्दै जिल्ला कमिटीले प्रदेश क को नेतृत्व गर्ने जिम्मेवारी पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री गुरुङ र प्रदेश ख मा पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पोखरेललाई दिएको छ । उच्चस्तरीय परिचालन कमिटीमा जिल्ला सचिव हिरा थोकरले सचिवालय सचिवका रुपमा काम गर्ने जनाइएको छ ।

त्यस्तै, जिल्ला अध्यक्ष श्रेष्ठको नेतृत्वमा १ हजार १ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी, प्रदेश क मा पूर्व जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य ईश्वरचन्द्र पोखरेल र प्रदेश खमा अर्का प्रदेश कमिटी सदस्य डबल पाण्डेको नेतृत्वमा बेग्लाबेग्लै परिचालन कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै, पार्टी परिचालनको जिम्मेवारी केन्द्रीय सदस्य सरस्वती बस्नेत, जनसंगठन प्रचारको नेतृत्व केन्द्रीय सदस्य रचना खड्का, सामाजिक सांस्कृतिक क्षेत्रको संयोजन पूर्व सांसद शान्ती पाख्रिन, वित्तीय सहकारी परिचालनको संयोजन हेमन्त चौंलागाईंले गर्नुहुनेछ । निर्वाचन प्रचार संयोजनको काम जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले गर्नुहुनेछ । प्रचारप्रसारका लागि उहाँको नेतृत्वमा ५ सय ५१ सदस्यीय कमिटी निर्माण भएको छ । त्यस्तै, प्रदेश कका लागि ऋषिकेश उप्रेती र प्रदेश ख का लागि कुमार खड्काको नेतृत्वमा १ सय ५१ सदस्यीय अलगअलग कमिटी गठन गरिएको पनि जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

350 shares