‘फूलबारी’ ले तोक्यो प्रदर्शन मिति

217 shares

काठमाडौँ । चलचित्र फूलबारीले प्रदर्शन मिति तोकेको छ । फिल्मको निर्माण टिमले फागुन ५ गते नेपालसहित अन्य मुलुकहरुमा पनि एकसाथ फिल्मलाई प्रदर्शन गर्ने भएको हो ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा पहिलो पटक विपिन कार्कीले सहकार्य गरेका छन् । फिल्ममा विपिनका अलवा दयाहाङ राई अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङले अभिनय गरेका छन् ।

पारिवारिक कथावस्तुमा निर्माण गरिएको चलचित्रको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।

217 shares