माओवादी दोलखा जिल्ला इन्चार्ज देवी खड्काले दिइन् पदबाट राजीनामा

315 shares

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाको इन्चार्ज देवी खड्काले जिल्ला इन्चार्ज पदबाट राजीनामा दिएकी छिन् । खड्काले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा दिएकी हुन् ।

प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा असन्तुष्ट खड्काले इन्चार्जबाट राजीनामा दिएपनि पार्टीको पोलिटब्यूरो सदस्यबाट भने राजीनामा दिएकी छैनन् । खड्का २०६४ सालको निर्वाचनमा सांसद निर्वाचित भएकी थिइन् र राज्यमन्त्री समेत बनेकी थिइन् । त्यसयता उनि लाभको पदमा पुगेकी छैनन् ।

यसपटक टिकटको आश गरेकी उनलाई उनकै भिनाजुले जिल्ल पारिदिएपछि उनि असन्तुष्ट भएकी जनाइएको छ । गठबन्धनले दोलखाको संघ माओवादीको भागमा पारेको थियो । माओवादीका तर्फबाट गंगा कार्की उम्मेदवार बनेका छन् ।

315 shares