भाइटीकाको साइत १० गते बिहान ११ : ३७ बजे
वि.सं.२०७९ कात्तिक २ बुधवार १०:५७
काठमाडौँ । यस वर्षको भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको यमपञ्चक अर्थात् तिहार पर्वको साइत अनुसार उक्त समय उत्तम रहेको जनाइएको हो ।
कात्तिक ५ गतेदेखि सुरु हुने यमपञ्चक १० गते सकिनेछ । समितिको अनुसार पहिलो दिन ५ गते शनिबार यमदीपदान सुरु हुन्छ । ६ गते आइतबार कागतिहार पर्व परेको छ । ७ गते सोमबार कुकुर तिहार पर्व रहेको छ । लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार रहेको छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ ।
९ गते बुधबार गोवर्धन पुजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवतको नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।
कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् ।
वि.सं.२०७९ कात्तिक २ बुधवार १०:५७