माओवादीमा परिवारवाद हावि हुँदा मलाई टिकट दिइएन : देवी खड्का

252 shares

दोलखा । नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य देवी खड्काले पार्टीमा परिवारवाद हावि हुँदा आफुले टिकट नपाएको बताएकी छिन् । उनले एक कार्यक्रममा बोल्दै नेताहरुको चाकरी गर्न नजाँदा टिकट नपाएको बताएकी हुन् ।

टिकट वितरणमा असन्तुष्टी जनाउँदै उनले दोलखा जिल्ला इन्चार्जको पदबाट समेत राजीनामा दिएकी छिन् । उनको पोलिटव्युरो सदस्य पद भने कायम नै छन् ।

एक मात्र प्रतिनिधिसभाको क्षेत्र रहेको दोलखा माओवादीको भागमा परेको थियो । सो मा माओवादीले गंगा कार्कीलाई उम्मेदवार बनाएको छ । टिकटको आस गरेकी खड्काले उम्मेदवार हुन नपाएपछि इन्चार्ज पदबाट राजिनामा दिएको जनाइएको छ ।

252 shares