कालिञ्चोकमा बाँदर आतंक रोक्न पहल गर्छु : बालकृष्ण शिवाकोटी

364 shares

दोलखा । कालिञ्चोक गाउँपालिकामा बाँदर आतंक प्रमुख समस्याको रुपमा रहेको छ । लगाएको अन्नबाली बाँदरले नष्ट गरिदिँदा किसान चिन्तित छन् । सोहि कारण गाउँमा मत माग्न आउने उम्मेदवारलाई बाँदर नियन्त्रनका लागि पहल गरिदिन किसानले आग्रह गर्ने गर्दछन् ।

सोहि क्रममा कालिञ्चोक गाउँपालिकाको वडा नम्वर ९ सुन्द्रावतीमा मत माग्न पुगेका नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार भएका बालकृष्ण शिवाकोटीलाई किसानले बाँदर नियन्त्रनका लागि पहल गरिदिन आग्रह गरेका छन् । किसानको आग्रहलाई मध्येनजर गर्दै शिवाकोटीले बाँदरको समस्या देशव्यापी भएकाले यसलाई समाधान गर्नका लागि आफुले नीति निर्माण गर्ने र बाँदरको समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

364 shares