एमाले दोलखाले तोक्यो पालिकास्तरिय चुनावी कमाण्डर

665 shares

दोलखा । नेकपा एमाले दोलखाले मंसिर ४ को आम निर्वाचनका लागि जिल्लाको शक्ति विकेन्द्रीत गर्दै नौ ओटा स्थानीय तहको बेग्लाबेग्लै कमाण्ड बनाएर निर्वाचन परिचालनका लागि कमाण्डरहरु तोकेको छ । जसअनुसार भीमेश्वर नगरपालिकाको निर्वाचन परिचालनका लागि जिल्ला उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख राजेन्द्र मानन्धर तोकिनुभएको छ ।

दोलखाको नौओटा पालिकाहरुमध्ये भीमेश्वरमा सबैभन्दा बढि २७ हजार ५ सय २ जना मतदाता छन । त्यस्तै, तामाकोशी गाउँपालिकामा प्रदेश कमिटी सदस्य बसन्तराज कार्की, विगु गाउँपालिकामा प्रदेश कमिटी सदस्य कृष्ण भुजेल कमाण्डर तोकिनुभएको छ ।

त्यस्तै, गौरीशंकर गाउँपालिकामा पालिका ईन्चार्ज स्वयमबहादुर खड्का र वैतेश्वर गाउँपालिकामा प्रदेश कमिटी सदस्य हर्कमान पाख्रीन, जिरी नगरपालिकामा पूर्व मेयर टंक जिरेल र मेलुङ गाउँपालिकामा धर्मेन्द्र मोक्तान चुनावी कमाण्डर तोकिनुभएको छ । त्यसैगरी, कालिञ्चोक गाउँपालिकामा कालिका पाठक, शैलुङ गाउँपालिकामा भरत प्रसाद दुलाल चुनावी कमाण्डर तोकिनुभएको छ ।

पालिका कमाण्डरहरुले प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेश क का प्रदेशसभा उम्मेद्वार नरबहादुर श्रेष्ठ र प्रदेशसभा ख का प्रदेशसभा उम्मेद्वार भरतबहादुर केसीलाई विजयी बनाउने ‘मिसन’सहित सबै पालिकाहरुमा चुनावी तयारी बैठक र भेलालगायतका आन्तरिक तयारीका काम अगाडि बढाई रहनुभएको छ ।

665 shares