केपी ओलीले आज जनतासँग फोनमा कुराकानी गर्ने
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ०४:५९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज टेलिफोन मार्फत आम नागरिकसँग अन्तरसंवाद गर्दैछन् । विहान ११ बजे देखि दिउँसो २ बजेसम्म अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यलयको ‘वार रुम’बाट संवाद गर्ने उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अध्यक्ष ओलीले चार दिन आफ्नो फेसुबक पेज मार्फत आम नागरिकलाई आफूलाई आम जनमानसँग संवाद गर्न इच्छा लागेको र आफ्नो नाम र नम्बर मेसेन्जरमा टिपाउन फेसबुक मार्फत आह्वान गरेका थिए । हिजो दिउँसोसम्ममा अध्यक्ष ओलीसँग संवाद गर्नका लागि १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको अध्यक्ष ओलीले फेसबुक मार्फत जानकारी दिएका छन् ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार सबै टिपाइएका नम्बर र नाम टाइप गरेर प्रिनट गरिएको छ । बोरामा हालिएका उक्त नाम र नम्बर सहितका चिट अध्यक्ष ओलीले ‘रेण्डम्ली’ टिप्नेछन् । वार रुमबाट सम्बन्धित व्यक्तिलाई फोन डायल गरिनेछ । अध्यक्ष ओलीले सम्बन्धित व्यक्तिको प्रश्न सुन्ने र तिनको जवाफ दिने तयारी गरिएको छ । जनतासँगको यो संवादका लागि अध्यक्ष ओलीले करिब चार घण्टा समय दिने पार्टी केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारीले जानकारी दिए ।
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ०४:५९