गौरीशंकरको सिमिगाउँबाट नर बहादुर श्रेष्ठले सुरु गरे चुनावी अभियान

525 shares

दोलखा । नेकपा एमालेका तर्फबाट दोलखा प्रदेश ‘क’ का उम्मेदवार बनेका नर बहादुर श्रेष्ठले चुनावी अभियान सुरु गरेका छन । तिहार सकिए लगत्तै शुक्रबारबाट श्रेष्ठले चुनावी अभियान सुरु गरेका हुन । श्रेष्ठले गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बाट चुनावी अभियान सुरु गरेका हुन । सिमिगाउमा कार्यकर्ता भेटघाट गर्दै उनले अभियानका सुरुवात गरेका हुन । अभियानको सुरुवात गर्दै श्रेष्ठले चुनावी प्रतिबद्धता व्यक्त गर्नुका साथै निर्वाचन जित्ने बिश्वास व्यक्त गरे । अभियानमा श्रेष्ठका साथमा बगमती प्रदेश कमिटी सदस्य उर्मिला, थामी, जिल्ला कमिटी सदस्य सोयम बहादुर खड्का, तिर्थ बहादुर खड्का, पालिका कमिटी अध्यक्ष जङ्ग बहादुर गुरुङ लगायत रहेका छन ।

525 shares