दोलखामा गठबन्धनलाई झट्का, काङ्ग्रेसको सिंगो कमिटी एमालेमा विलय

469 shares

दोलखा । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा गठबन्धन परित्याग गर्ने क्रम बढेको छ । बिशेषगरि काङ्ग्रेसका कार्यकर्ताहरुले पार्टी छाड्ने क्रम बढेको हो । आज चरिकोटमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाका पार्टी सचिव अर्जुन ओलीसहित गौरीशंकर ७ मार्बुको सिंगो कमिटी सभापति फुरलाक्पा शेर्पाको नेतृत्वमा एमालेमा बिलय भएको हो । प्रबेश गर्नेहरुमा कांग्रेसका गौरीशंकर गाउँपालिका सचिव ओली र वडा सभापति शेर्पासहित उपसभापति ज्ञान बहादुर गुरुङ, सचिव सुदिप गुरुङ, सहसचिव फुटे शेर्पा, तरुण दलका अध्यक्ष छिरिंग शेर्पा, भविन्द्र गुरुङ, टपिन्द्र गुरुङ, टिका गुरुङ लगायत रहेका छन् ।

उनीहरुलाई पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खडका, प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, जिल्ला अध्यक्ष प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार नरबहादुर श्रेष्ठसहितका नेताहरुले पार्टीमा स्वागत गरे ।

469 shares