कांग्रेस र माओवादी परित्याग गरी दर्जनौँ युवा एमालेमा प्रवेश

322 shares

दोलखा । दोलखाको बिगु र कालिञ्चोक गाउँपालिका तथा भीमेश्वर नगरपालिकाका दर्जनौ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी उहाँहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरूमा धावा खम्बा, यामबहादुर तामाङ, माइला तामाङ, गंगा तामाङ, रविन तामाङ, प्रकाश तामाङ, मिने तामाङ, सन्देश तामाङ, कुमार तामाङ, शंकर तामाङ, रमेश तामाङ र अनिल तामाङ छन् ।

यस्तै नाम्गेल लामा, सन्तोष केसी, बालकृष्ण तामाङ र रोशन तामाङलगायत युवाहरू पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दोलखाका सदस्य गणेश शिबाकोटीलगायत नेताहरूको पहलमा दर्जनौँ युवा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् दोलखा प्रदेश ९ख० का उम्मेदवार भरतबहादुर केसी, बागमती प्रदेश कमिटी सदस्य एवम् दोलखाका सह–इञ्चार्ज डबल पाण्डे, प्रदेश सदस्य कालिका पाठक, जिल्ला कमिटी दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धर, सचिव हिरा थोकर तथा जिल्ला कमिटी सदस्य दोलखाका गणेश शिबाकोटीलगायत नेताहरूले टीका, खादा र माला लगाएर पार्टीमा स्वागत गरे ।

नेकपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एसलगायत दलहरूको गठबन्धन जनहित र राष्ट्रहितविरुद्ध लागेको निष्कर्षसहित आफूहरू एमालेमा प्रवेश गरेको उनीहरूले बताएका छन् । नेकपा एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडान, जनजीवीका र सामाजिक सुरक्षाको क्षेत्रमा गरेको उल्लेखनीय र महत्वपूर्ण कामले आफूहरू नेकपा एमालेप्रति आकर्षित भएको उनीहरूको भनाइ छ ।

322 shares