‘मायाको रंग हुँदैन’ सार्वजनिक
वि.सं.२०७९ कात्तिक २० आइतवार ०५:४४
504
shares
काठमाडौं । चलचित्र ‘निरमाया’ को ‘मायाको रंग हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार फिल्मको गीत सार्वजनिक गरिएको हो ।
गीतमा धर्मेन्द्र शेवान र रेखा शाहको स्वर रहेको छ । उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत रहेको गीतको भिडियोमा जेबी डिसी, जित लामिछाने, प्रतिशा रिजाल र समुद्धि पौडेलको अभिनय रहेको छ ।
रमेश कोइराला निर्देशित चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी लगायत कलाकारको अभिनय छ।
वि.सं.२०७९ कात्तिक २० आइतवार ०५:४४
504
shares