नेप्सेमा छायो हरियाली, माइक्रोफाइनान्स उपसमुहमा झुम्मिए लगानीकर्ता
वि.सं.२०७९ कात्तिक २० आइतवार ०९:२९
525
shares
काठमाडौँ । साताको पहिलो कारोबार दिनमा पूँजीबजारमा सकरात्मक संकेत देखिएको छ । आइतबार नेप्से ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको छ ।
आज नेप्सेसहित, फ्लट, सेन्सेटिभ फ्लट, सेन्सेटिभ सुचकहरु सकरात्मक रहे । १ अर्ब ५४ करोड रुपैँया बराबरको कारोबार भएको बजारमा अधिकाम्स लगानीकर्ताले कमाएका छन् । सिटिजन्स बैंक बाहेक १८५ कम्पनीका लगानीकर्ताले कमाएका हुन् ।
बजारमा माइक्रोफाइनान्स उपसमुहमा लगानीकर्ताको आकर्षण देखिएको छ । लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड बाहेकका उपसमुहहरु सकरात्मक रहे ।
वि.सं.२०७९ कात्तिक २० आइतवार ०९:२९
525
shares