सामान्य अंकले घट्यो नेप्से
वि.सं.२०७९ कात्तिक २१ सोमवार १०:०६
357
shares
काठमाडौँ । साताको दोश्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । बजारमा नेप्से परिसुचक ६ दशमलव ४३ अङ्कले घटेर १ हजार ९ सय ५८ दशमलव ९४ विन्दुमा कायम भएको छ । पहिलो दिन आशा देखाएको पूँजीबजार दोश्रो दिन घटेको हो ।
बजारमा निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
वि.सं.२०७९ कात्तिक २१ सोमवार १०:०६
357
shares