दोलखामा पुन : मतदानको तयारी

1.95K shares

काठमाडौं । निर्वाचन आयोगले दोलखामा पुनः मतदानको तयारी गरेको छ। पाँच स्थलमा ‘बुथ कब्जा’ गरेर धाँधली गरेको भन्दै एमालेसहितका दलले पुनः मतदानको माग गरेपछि आयोगले मतदानको तयारी गरेको हो।

आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको तीन सदस्यीय जाँचबुझ टोलीले दोलखा पुगेर पुनः मतदान गर्नुपर्ने निष्कर्ष निकालेको हो । कति मतदानस्थलमा फेरि मतदान गराउने भन्ने जाँचबुझ टोलीले प्रतिवेदन आयोगमा बुझाएपछि तय हुने बताइएको छ।

एमालेले दोलखाको वैत्यश्वर माविको ६ मतदान केन्द्र, हेल्थपोस्ट तामाकोशीका तीन मतदान केन्द्र, वडा कार्यालय पीपलबोट वैत्यश्वरको एक मतदान केन्द्र, नवीन मावि शैलुङको तीन मतदान केन्द्र र जखे प्रावि मेलुङको चार मतदान केन्द्रमा पुनः मतदानको माग गरेको छ।

1.95K shares