दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न सिफारिस

287 shares

दोलखा । दोलखाको सात मतदान केन्द्रमा पुन निर्वाचन गराउन जाँचबुझ टोलीले सिफारिस गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा अनाधिकृत बुथ कब्जा भएको उजुरी परेपछि निर्वाचन आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली छानबिनका लागि खटाएको थियो । टोलिले बैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका सात मतदान केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेको प्रतिवेदन बुझाएको हो ।

टोलीले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सात केन्द्रमा पुन मतदान गराउनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।

287 shares