दोलखाको बुथ कब्जा भएको ठाउँमा पुनः मतदान गर्ने आयोगको निर्णय
वि.सं.२०७९ मंसिर ११ आइतवार १२:१७
दोलखा। निर्वाचन आयोगले दोलखाका विवादित मतदानस्थलमा पुनः चुनाव गर्ने निर्णय गरेको छ । गएको मंसिर ४ को निर्वाचनमा सत्तारुढ गठवन्धनले बुथ क्याप्चर गरेको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुली दिएपछि आयोग ‘पर्ख र हेर’को अवस्थामा थियो ।
उक्त क्षेत्रमा बुथ क्याप्चर भएका प्रमाणहरु बाहिर आएपछि पुनः निर्वाचनको निर्णग गर्न आयोग बाध्य भएको हो । विवादपछि आयोगले टोली नै दोलखामा स्थलगत अध्ययन गर्न पठाएको थियो । सोही टोलीको सिफारिसको आधारमा पुनः निर्वाचनको निर्णय गरिएको हो ।
बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्राविमा पुनः मतदानको माग गर्दै सिवाकोटीले उजुरी दर्ता गरेका थिए ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १२:१७