दोलखाको १० वटा मतदान केन्द्रमा १५ गतेभित्र पुनः मतदान गर्ने आयोगको निर्णय (निर्णयसहित)
वि.सं.२०७९ मंसिर ११ आइतवार १२:२५
742
shares
दोलखा। निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । बैतेश्वर, तामाकोसी, सैलुङ र मेलुङका १० वटा केन्द्रमा पुन मतदान गर्ने आयोग निर्णय गरेको हो ।
निर्वाचन निश्पक्ष नभएको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि आयोगले १५ गतेभित्र उक्त केन्द्रमा मतदान गराउने भएको हो । जाँचबुझ समितिले ७ वटा केन्द्रमा पुनः मतदान गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो । उता निर्वाचन अधिकृतको कार्यालयले भने ८ वटा केन्द्रमा निर्वाचन निश्पक्ष नभएको रिपोर्ट आयोगलाई दिएको थियो। तर आयोगले १० वटा केन्द्रमा मतदान गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १२:२५
742
shares