कोस्टारिकाले हरायो जापानलाई

294 shares

काठमाडौँ । कतार विश्वकपको पहिलो खेलमा जर्मनिलाई हराएर सनसनिपुर्ण जित निकालेको जापान दोस्रो खेलमा अप्रत्यासित हार व्यहोर्न पुगेको छ । आज भएको खेलमा कोस्टारिकासँग १–० को अन्तरले जापानले हार व्यहोर्नुपर्यो ।

कोस्टारिकाका लागि केसर फुलरले खेलको ८१ औँ मिनेटमा निर्णायक गोल गरे । यो हारसँगै जापानलाई अघिल्लो चरणमा पुग्न कठिन देखिएको छ । अब हुने स्पेनसँगको खेलमा जित निकाल्नुपर्ने दबाबमा जापान पुगेको छ ।

294 shares