स्पेन र जर्मनीले अंक बाँडे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०१:४२
532
shares

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले अंक बाडेका छन् । आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याए ।

वि.सं.२०७९ मंसिर १२ सोमवार ०१:४२
532
shares