‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षमा प्रियंका

273 shares

काठमाडौँ । कलाकार जितु नेपालले संचालन गर्दै आएको कमेडि शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षको भूमिकामा प्रियंका कार्की देखिने भएकी छिन् । यस अगाडि नायिका करिश्मा मानन्धर अध्यक्षको भुमिकामा थिइन् । जितूले प्रियंकाालाई लिएर प्रोमो सुट गरिसकेको जनाइएको छ ।

यसअगाडिको शोमा करिश्मा र दीपाश्री निरौला अध्यक्षको भुमिकामा थिए । नयाँ संस्करणमा अध्यक्ष परिवर्तन भएको छ । त्यस्तै कलाकारहरु पनि नयाँ रहने जनाइएको छ । नयाँ संस्करणमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली, प्रभात लामा र एलिना बास्कोटा लगायतका कलाकारले प्रवेश गर्नेछन् ।

273 shares