सञ्चारमन्त्री नियुक्त भएकै दिन नेपाल टेलिकमको सेवा देशभर अवरुद्ध

245 shares

काठमाडौँ । नेपाल टेलिकमको सेवा देशभर अवरुद्ध भएको छ ।

कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड सेवा केहीबेर अघिदेखि अवरुद्ध भएको हो । टेलिकमको आधिकारिक वेबसाइट पनि बन्द छ ।

आजै सरकारले माओवादीकी रेखा शर्मालाई सूचना, सञ्चार तथा प्रविधिमन्त्री नियुक्त गरेको छ । शर्माले पद तथा गोपनियताको शपथ लिइसकेकी छिन् ।

245 shares