16.6 C
Kathmandu
 

मकर जितुमाया सुरी हाइड्रोको आईपीओ माघ १५ देखि

दोलखा । दोलखामा रहेको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा दोलखाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीयको लागि ७ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो मध्ये आयोजनाबाट अति प्रभावित क्षेत्र गौरीशंकर गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीयलाई ३ लाख ४ हजार कित्ता शेयर छ्ट्याइएको छ भने पालिकाकै प्रभावित अन्य वडाहरु १,२,३,४,७,८ र ९ का स्थानीयका लागि ३ लाख ४२ हजार कित्ता शेयर छुट्याइएको छ ।

त्यस्तै, सामान्य प्रभावित क्षेत्र बिगु गाउँपालिकाका सम्पुर्ण वडाका स्थानीयलाई १ लाख १४ हजार कित्ता र विदेशमा रोजगार गरिरहेका नेपालीहरुको लागि १ लाख ५२ हजार कित्ता छुट्याइएको छ ।

स्थानीयले न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म शेयरको लागि आवेदन दिन सक्ने छन् भने विदेशमा रहेका नेपाली श्रमिकले न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्ममा आवेदन दिन सक्नेछन् ।

माघ १५ गतेबाट निष्काशन हुने शेयर छिटोमा माघ २९ गते र ढिलोमा फागुन १५ गते निष्काशन बन्द हुनेछ । त्यस्तै, विदेशमा रहेका श्रमिकलाई छुट्याईएको शेयरमा माघ २९ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्रीप्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Get in Touch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles

Latest Posts