रोनाल्डो र मेस्सी आमनेसामने

266 shares

काठमाडौँ । फुटबल जगतका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी फेरी एकपटक आमनेसामने हुने भएका छन् । विहीबार हुने पेरिस सेन्ट जर्मन (पीएसजी) र साउदी अल स्टार बिचको मैत्रीपुर्ण खेलमा यी दुई स्टार भिड्न लागेका हुन् ।

रोनाल्डो केहि समयअगाडि साउदी क्लबमा अनुबन्धित भएका हुन् । यी दुईबिच पछिल्लो पटक २०२० को डिसेम्बरमा भेट भएको थियो ।

विहीबार हुने खेल रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ ।

266 shares