‘जेरी २’ मा पनि अनमोल र आनाको जोडि

259 shares

काठमाडौँ । ८ वर्ष अगाडि निर्माण भएको फिल्म जेरीको पार्ट २ मा पुरानै जोडि दोहोरिने भएको भएको छ । मंगलबार फिल्मको निर्माण टिमले आना शर्मासँग सम्झौता गरेपछि अनमोल केसी र शर्माको जोडि फेरि एकपटक पर्दामा हेर्न पाइने भएको हो ।

जेरीबाटै शर्माले डेब्यु गरेकी थिइन् । फिल्ममा केसी र शर्माको जोडिलाई रुचाइएको थियो भने फिल्म हिट भएको थियो । सोहि कारण हुनसक्छ निर्माण टिमले यी दुईलाई फेरी एकसाथ पर्दामा देखाउन लागेको ।

्जेरीलाई हेमराज बिसीले निर्देशन गरेका थिए । जेरी २ मा पनि हेमराजकै निर्देशन रहनेछ ।

अनन्या फिल्मसको ब्यानरमा निर्माण हुने ‘जेरी २’ को छायांकन एक महिनापछि सुरु हुने निर्माण टिमले जनाएको छ । फिल्मलाई अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रमा खिचिनेछ।

259 shares