पीएसजी र नसरबीच मैत्रीपूर्ण खेल, मेस्सी र रोनाल्डो दुवैले गरे गोल

203 shares

काठमाडौँ । विहीबार भएको मैत्रीपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले जित हासिल गरेको छ । पीएसजीले साउदी अल स्टार ११ लाई ५–४ गोल अन्तरले हराएको हो ।

रोनाल्डो युरोप छाडेर साउदी आएपछि यहि खेल मार्फत डेब्यु गरे । उनले अब अल नासरबाट खेल खेल्नेछन् ।

खेलको तेस्रो मिनेटमा गोल गर्दै मेस्सीले पीएसजीलाई अग्रता दिलाएका थिए । त्यो अग्रता ३४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले बराबरी गरे ।

त्यस्तै, ४३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । यो अग्रतालाई पनि रोनाल्डोले इन्जुरी समयमा २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा खेलको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गरेपछि पीएसजी ३–२ ले अघि रह्यो । ५६ औं मिनेटमा जाङ ह्युन सोले गोल गर्दै नसरलाई ३–३ को बराबरीमा ल्याए ।

६० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई ४–३ को अग्रता दिलाए । त्यस्तै इकिटिकेले ७८ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरे ।

खेलको इन्जुरी समयमा टलिस्काले गोल गरेपनि घरेलु टोली ५-४ ले पराजित भयो ।

203 shares