थलापति विजयको ‘वरिसु’को कमाई सातामै दुई सय करोडमाथि

378 shares

काठमाडौँ । दक्षिण भारतीय अभिनेता थलापति विजयको नयाँ फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । विजयको वरिसुले सात दिनमै दुई सय करोड क्लब पार गरेको हो ।

तमिल, तेलुगु र हिन्दी भाषामा एकसाथ प्रदर्शन भएको फिल्मले सात दिनमा २ सय १० करोड कमाएको हो । फिल्मले तमिल भाषामा मात्रै ६१ करोड भारु, हिन्दी भाषामा ३ करोड ८० लाख भारु र तेलुगु भाषामा २१ करोड भारु कमाएको हो ।

वामसी पैडिपल्लीले निर्देशन गरेको फिल्ममा विजयसँग्ै रश्मिका मन्दनाको पनि मुख्य भुमिका रहेको छ ।

378 shares