कालिन्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ ६ शुक्रवार ०३:५६

काठमाडौँ । कालिन्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो ।
यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा माघ ५ गते र ढिलोमा माघ १७ गते हुनेछ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्ता सम्ममा आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । केयर रेटिङ नेपालले निष्काशनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

वि.सं.२०७९ माघ ६ शुक्रवार ०३:५६