‘केपी ओली रोड रेस’ प्रतियोगिता हुने, विजेतालाई १ लाख पुरस्कार

406 shares

काठमाडौँ । नेपाल खेलकुद महासंघले महाधिवेशनको पुर्वसन्ध्यामा ‘केपी ओली रोड रेस’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । खेलकुद महासंघले महाधिवेशनको सन्दर्भ पारेर पहिलो संस्करण अन्तर्गत ‘केपी ओली रोड रेस’ प्रतियोगिता गर्न लागेको हो ।

फागुन ७ गते विहान बिराटनगरको शहिद रंगशालामा शुरु हुने प्रतियोगितामा प्रथम हुने महिला र पुरुषलाई जनही १–१ लाख १ हजार नगद पुरस्कारको व्यवस्था गरिएको महासंघका प्रबक्ता तिर्थ बहादुर खड्काले बताए । त्यस्तै, दोस्रो स्थान हासिल गर्नेलाई ५१ हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

महाधिवेशनको पुर्वसन्ध्यामा महासंघले ‘पुष्पलाल स्मृती ब्याडमिन्टन’ प्रतियोगिता लगायत अरु बिभिन्न खेल खेलाउने तयारी पनि गरेको छ । यसबर्षबाट शुरु गर्ने केपी ओली रोड रेस प्रतियोगितालाई हरेक बर्ष निरन्तरता दिने महासंघले जनाएको छ ।

नेपाल खेलकुद महासंघको यहि फागुन ७ देखि ९ गतेसम्म बिराटनगरमा दोस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घघाटन गर्नेछन् ।

406 shares